नायिका अञ्जना बराइली अहिलेकी निकै व्यस्त नायिकामा पर्छिन् । चलचित्र ‘पुर्ण बहादुरको सारङ्गी’ ब्लकबस्टर भएपछि उनको लाइनअपमा अहिले चलचित्रको कमी छैन् । उनलाई लिएर चलचित्र बनाउन निर्माताको लाइन नै लागेको देखिन्छ ।
भर्खरै मात्र चलचित्र ‘डोरी’को छायांकन सकाएकी उनले अब नयाँ चलचित्र ‘महाभोज’मा काम गर्दैछिन् । यो चलचित्रमा उनले दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने जस्ता नायकहरुसँग सहकार्य गर्दैछिन् ।
त्यस्तै, यतिबेला उनले अर्को चलचित्र ‘परान’मा काम गर्ने पक्का भएको छ । यो चलचित्रमा उनी ‘रुपा’को भूमिकामा देखिदैछिन् । यो चलचित्रमा रञ्जित आचार्य र शेखर गोल्छाको लगानी रहनेछ ।
बाइस्कोप सिनेमाको प्रस्तुतिमा निर्माण हुने यो चलचित्रमा दीपक प्रसाद आचार्यको लेखन तथा निर्देशन र यम प्रसाद थापाको पटकथा तथा संवाद रहने छ ।