प्रकाश र स्वस्तिमा फिचर्ड ‘वसन्त’को पहिलो गीत ‘साँझ पर्यो झमक्क’

२८ पुष २०८१ ५:१०

आगामी चैत्रको २२ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘वसन्त’को पहिलो गीत सार्वजनिक गरिएको छ । निर्माणपक्षले शनिबार ‘साँझ पर्यो झमक्कै’ बोलको गीत सार्वजनिक गरेको हो ।

प्रकाश सपुतको कथा, संगीत र निर्देशनमा तयार भएको यो चलचित्रको मुख्य भूमिकामा प्रकाश र स्वस्तिमा खड्का छन् । भिडियोमा प्रकाश र स्वस्तिमाको साथमा खगेन्द्र पुन, प्रभात पल, श्री सिभान्सी लगायतका कलाकारहरुलाई देख्न सकिन्छ । यो गीतको भिडियोलाई मौसम हिमालीले कोरियोग्राफी गरेका हुन् ।

गीतमा प्रकाश सपुत र शान्तीश्री परियारको स्वर छ । सुनिल वीक मुख्य सहायक निर्देशक रहेको यो चलचित्रले वि.सं २०५२ सालदेखि वि.सं २०६३ सालसम्मको कथा भन्छ ।

मोहन विश्वकर्मा र विन्दु बोहराको लगानीमा तयार भएको यो चलचित्रमा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ कार्यकारी निर्माता, प्रविण भट्टको सम्पादन र सुशन प्रजापतिको छायांकन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *