आगामी फागुनको १४ गतेबाट प्रदर्शन हुने चलचित्र ‘मायावी’को दुई नयाँ पोस्टर सार्वजनिक भएको छ । निर्माणपक्षले चलचित्रको एउटा गीत सार्वजनिक गरेपछि यसको पोस्टर सार्वजनिक गरेको हो ।
शुक्रबार सार्वजनिक पोस्टरमा नायक पल शाह र नायिका दीपिका प्रसाइ प्रस्तुत छन् । पहिलो पोस्टरमा पल दीपिकासँग रोमान्टिक देखिएका छन् भने अर्को पोस्टरमा पल भावुक देखिएका छन् ।
क्रियटिम सिने आर्टस् र नेम महर्जनको लगानी रहेको चलचित्रमा ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्त निर्माताको रुपमा छन् । साथै, चलचित्रमा राजु पराजुली र सुमित वली सह–निर्माताको रुपमा छन् । चलचित्रमा पल र दीपिकाको साथा सुशिल सिटौला, करिश्मा श्रेष्ठ र नव–कलाकार समीम खान, राजाराम पौडेल, प्रशान्त ताम्राकार, लक्ष्मी गिरी, अंशु महर्जन, रवि डंगोल, रमा प्रसाँई, दीपेन्द्र सिम्खडा, संगीता सिलवाल लगायतका कलाकारहरुको पनि अभिनय छ ।
दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रको कार्यकारी निर्माता प्रविन भट्टराई र करण सिंह हुन् । चलचित्रमा मिलन श्रेष्ठको सम्पादन, बसन्त अधिकारीको सह–निर्देशन, शम्भुजित बास्कोटा र एसडी योगीको संगीत, कविराज गहतराज र प्रविण सिंहको कोरियोग्राफी छ ।