कस्तो छ ‘ममी’को नयाँ पोस्टर ?

२६ पुष २०८१ ६:५१

आगामी माघ २५ गतेबाट प्रदर्शन हुने चलचित्र ‘ममी’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक दोस्रो पोस्टरमा अभिनेत्री प्रिंयका कार्की डर मिश्रीत भावमा केही हेरिरहेकी छन् । उनको छेउमा कालो बिरालो समेत देखिन्छ ।

पोस्टरमा प्रिंयकाको पछाडी रहेको घरको भित्तामा राखिएको फोटो फ्रेममा अभिनेता तथा निर्देशक सुलक्षण भारती र बाल कलाकार आयुषी ढकाल र जेभिस श्रेष्ठको तस्वीर देख्न सकिन्छ । फोटो फ्रेमको काँच फुटेको देखिन्छ । त्यसबाट घरमा रहेको नकारात्कम शक्तिले आक्रमण गरेको बुझिन्छ । चलचित्रको सार्वजनिक यो पोस्टरले दर्शकमाझ चलचित्रप्रति कौतुहल्ता पैदा गर्ने विश्वास निर्माण टिमको छ ।

सो ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा समर निरौला र पूर्णिमा जोशीको लेखन रहेको छ । चलचित्रका निर्माता लोक राज जोशी तथा पूर्णिमा जोशी हुन भने कार्यकारी निर्मातामा सुमन कोइराला रहेका छन् ।

समर निरौलाको निर्देशनमा निर्माण भएको चलचित्रको छायाँकन निशाल पौडेल र शरद महतोले संयूक्त रुपमा गरेका हुन् भने सम्पादन सुरेन महर्जनको रहेको छ । च

हरर फ्यामिली ड्रामा चलचित्रमा प्रियंकासँगै दीया मास्के, सुलक्षण भारतीको मुख्य भूमिका रहेको छ । चलचित्रमा उनीहरुका अलावा समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गीत विष्टलगायतका कलाकारहरूको अभिनय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *