प्राइडे रिलिज : हलमा दयाको ‘कार्साङ’

२६ पुष २०८१ ५:४४

आज शुक्रबारबाट चलचित्र ‘कार्साङ’ प्रदर्शनमा आएको छ । बुधवार काठमाडौं प्रिमियरमा सकारात्मक प्रतिक्रिया पाएको यो चलचित्र आजदेखी हलमा प्रदर्शन गरिएको हो ।

यो चलचित्रमा अभिनेता दयाहाङ राईको प्रमुख भूमिका छ । ६ महिनाको अन्तरालपछि उनको चलचित्र हलमा प्रदर्शन भएको हो । दयाको यो चलचित्रले हलमा दर्शक तान्न सकेको खण्डमा उनलाई निकै ठुलो फाईदा हुने देखिन्छ ।

अभावमा बाँचिरहेको व्यक्ति आफ्नौ गाउँ, समाज र आफन्तबाट कसरी तिरस्कृत हुन्छन् भन्ने यो चलचित्रले देखाएको छ । अभाव र दुःखमा बाँच्ने व्यक्तिलाई आफ्नो संस्कार जोगाउन कति कठिन छ भन्ने यो चलचित्रले देखाउने भन्दै यो बुझ्न र अनुभूत गर्न पनि ‘कार्साङ’ हेर्नुपर्ने प्रतिक्रिया प्रिमियरबाट पाइसकेको थियो ।

चलचित्रमा दयाहाङ राई, सिर्जना निङलेखुसँगै जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायत कलाकारको अभिनय रहेको छ । चलचित्रका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *