ऋचाको ‘सारंग’को टिजरमा पारिवारिक कलह

२६ पुष २०८१ ४:४२

आगामी २५ माघदेखि देशब्यापी प्रदर्शनमा आउने चलचित्र ‘सारंग’को टिजर सार्वजनिक भएको छ । बिहीवार सार्वजनिक गरिएको यो चलचित्रको टिजरमा पारिवारिक कलह देख्न सकिन्छ । बाबुआमाको मतभेदले बच्चामा पर्ने असर, साथी-साथीबीचको प्रेम र समर्पणको विषयलाई टिजरमा देखाइएको छ ।

प्रशान्त तामाङ नृत्य, निर्देशन र पटकथा रहेको यो चलचित्रमा ऋचा शर्मा, उत्पल झा, समीरमणी दीक्षित, सुरज तमु, मणि के राई, अनिशा न्यौपाने, नीरज ब्ल्याक, विश्व स्याङ्बो, दिपिका थापा, सुमनसागरजंग केसी, प्रभात श्रेष्ठ, सम्राट थापा र आदित्य कार्कीको अभिनय छ ।

दर्शन बुद्ध फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्रमा बालमनोविज्ञान, बालअधिकार, धनी गरिब परिवारबीचको खाडलको कथा पेश गरिएको छ । यो चलचित्रको निर्मातामा प्रेम तामाङ र फूलमाया तामाङ छन् ।

पुष्पा लिम्बु र बिनु गुरुङ सह-निर्माता रहेको चलचित्रको गीतमा शंकर थापा ‘स्माइल’ र नकुल कार्कीको संगीत, डिपी खनालको गीत र सुष्मा राईको नृत्य निर्देशन छ । छायांकार गोपाल राय र सम्पादक मित्र डी गुरुङ हुन् । स्टेसन फाइभले चलचित्र वितरण गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *