दिनेश राउतले निर्देशन गर्ने आगामी चलचित्र ‘महाभोज’मा गौमाया गुरुङको प्रवेश भएको छ । यो चलचित्रबाट नायिका मिरुना मगर बाहिरिएपछि उनको ठाउँमा गौमाया गुरुङको प्रवेश भएको हो ।
छायांकनको तयारीमा रहेको यो चलचित्रमा पहिल्य नै मिरुना फाइनल भएकी थिइन् । तर, उनी अर्को चलचित्र ‘कुस्ती’मा काम गर्ने पक्का भएको छ । जसलेगर्दा दुबै चलचित्रको छायांकन तालिका एउटै समयमा हुने भएकाले उनी यो चलचित्रबाट बाहिरिएकी हुन् ।
माघ १ गतेबाट छायाकन सुरु हुने यो चलचित्रको अहिले वर्कसप चलिरहेको छ । चलचित्रमा दयाहाङ राई, आर्यन सिग्देल, अञ्जना बराइली, गौमाया, खगेन्द्र लामिछाने र मलिका महतको अभिनय रहनेछ ।
क्लक वर्क क्रियशनको ब्यानरमा हिमाल कडरियाले निर्माण गर्न लागेको चलचित्रमा विकास सुवेदीको पटकथा रहनेछ ।