सेभेज सिजले खरिद गर्‍यो ‘ऊनको स्वीटर’को प्रदर्शन अधिकार

२४ पुष २०८१ ५:४४

चलचित्र ‘ऊनको स्वीटर’को ओभरसिज प्रदर्शन अधिकार बिक्री गरिएको छ । यसको लागि प्याट्रिक सुवेदी र रमेश ढकाल नेतृत्वको ‘सेभेन सिज इन्टरनेशनल फिल्म्स्’ले अमेरिका, अस्ट्रेलिया र मध्यपूर्वका देशहरूसँगै माल्टा र मलेसियाको लागि समेत अधिकार लिएको छ ।

यस्तै, दक्षिण कोरियाको लागि ‘पाँचथर सेवा समाज,’ क्यानडाको लागि ‘एमजिपी इन्टरटेनमेन्ट,’ ‘आँगन इभेन्ट,’ र ‘आई र यू इन्टरटेनमेन्ट’ले खरिद गरेका छन् भने युकेबाहेकका युरोपियन देशहरूमा ‘मामा इभेन्टस्’ र ‘गुरुङ केएनएस इन्टरटेनमेन्ट,’ र जापानमा ‘सेवा एलएल कम्पनी’ले ‘ऊनको स्वीटर’ प्रदर्शन गर्ने चलचित्रका निर्देशक नवीन चौहानले बताए । यि सबै देशहरूमा नेपालको मितिमा नै एकसाथ रिलिज हुने निर्देशक चौहानले जनाए ।

२०८२ सालको वैशाख २६ गते रिलिज हुने चलचित्रमा विपिन कार्की, मिरुना मगर, सुनिल पोखरेल, माओत्से गुरुङ, विल्सन विक्रम राई, प्रेम सुब्बा, एलेक्स पारस, परीक्षा लिम्बु, सुरज तमू, र भावना खपाङ्गी मगरलगायतको अभिनय रहेको छ ।

आर्टमाण्डू प्रा.लि.को निर्माणमा बनेको यो पहिलो फिचर चलचित्र हो । चलचित्रलाई नवीन चौहानले निर्देशन गरेका हुन् भने सुरज कटुवालको सह लेखन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *