आगामी चैत्रको २९ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘पिताम्बर’को नयाँ पोस्टर सार्वजनिक भएको छ । निर्माणपक्षले मंगलबार सार्वजनिक गरेको यो चलचित्रको पोस्टरमा नायक सौगात मल्ल, प्रदीप खड्का, अनुप विक्रम शाही, प्रमोद अग्रहरिलगायत प्रस्तुत छन् ।
सार्वजनिक नयाँ पोस्टरमा सौगात र प्रदीप आमुन्ने सामुन्ने देखिएका छन् भने यी दुइको एक अर्कासँगको लडाई प्रस्तुत गरिएको छ । चलचित्रको टिजर पौष २९ गते सार्वजनिक गर्ने तयारी गरिएको छ । तर, टिजर सार्वजनिक गर्नु अगाडि यसको टिमले पोस्टर सार्वजनिक गरेको हो ।
कृषा चौलागाइको निर्देशनमा तयार भएको यो चलचित्रमा विशाल चौलागाइको निर्माण छ । नेपाली चलचित्र क्षेत्रका दुई सुपरस्टारहरु प्रदीप खड्का र सौगात मल्लको एक्सन हेर्न दर्शकमाझ छुट्टै उत्साह देखिएको छ ।
एक्सन जनरामा निर्माण गरिएको यो चलचित्रमा प्रदीप खड्का, सौगात मल्ल, दयाहाङ राई, अनुप विक्रम शाही, दिव्य देव, प्रमोद अग्रहरि, दिव्या रायमाझी, सुरक्षा पन्त, सुपुष्पा भट्ट लगायतका कलाकारहरुको अभिनय छ ।