भूत भन्दा मान्छेसँग डर लाग्छ : प्रियंका कार्की

२३ पुष २०८१ ५:३२

अभिनेत्री प्रियंका कार्कीले आफूलाई भूत भन्दा मान्छेसँग डर लाग्ने बताएकी छिन् । उनले ‘ममी’को गीत रिलिज कार्यक्रममा बोल्दै उनले भूतभन्दा धेरै अहिलेको समयमा मान्छेसँग धेरै डर लाग्ने बताएकी हुन् ।

उनले बरु आफू भूतसँग एक्छिन बसेर गफ गर्ने सक्ने बताउदै भनिन्–‘मलाई भूतसँग डर लाग्दैन । किनकी, म एकछिन बसेर भूतसँग गफ गर्न सक्छु होला । तर, मलाई मानिसहरुसँग गफ गर्न निकै डर लाग्छ ।’

अभिनेत्री कार्कीले अगाडि भनिन्–‘नेपालमा धेरै हरर चलचित्रमा काम गर्ने नायिकाहरुमा म पनि पर्छु । तर, माला भन्ने चलचित्र बाहेक अरु चलचित्र हेर्दा म आफै पनि तर्सिएकी छैन ।’

उनले आफूले धेरै हरर चलचित्रमा काम गरेपनि ती चलचित्रहरुले स्वयम आफैलाई नतर्साएको उनको भनाइ छ । विशेषगरि, नेपाली हरर चलचित्रको साउन्ड, भीएफएक्स नै कमजोर छ। जसलेगर्दा, जती तर्सिनु पर्ने हो त्यती तर्साउन नसकेको उनी बताउछिन् ।

अहिले उनले काम गरेको चलचित्र ‘ममी’को हकमा यो कुरा लागु नहुने उनको तर्क छ । उनका अनुसार, आफूले चलचित्रमा काम गर्नु अगाडि नै निर्देशकसँग यो बिषयमा कुराकानी गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *