आगामी माघ ४ गतेबाट प्रदर्शनमा आउने हरर कमेडी चलचित्र ‘फिरफिरे फिरिरी’ को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार चलचित्र विकास बोर्डको हलमा एक कार्यक्रमका बिच ट्रेलर सार्वजनिक गरिएको हो ।
झन्डै ३ मिनेट लामो ट्रेलरले चलचित्रको कथावस्तुबारे प्रकाश पार्छ । ट्रेलरले गाउँघरमै बसेर विभिन्न पेशा अंगालेका ४ युवकको जीवनमा एक युवतीको आगमनपछि उत्पन्न परिस्थिति झल्काएको छ । ट्रेलर हेर्दा चलचित्रले हररमा पनि नयाँ स्वाद दिने अनुमान गर्न सकिन्छ ।
नविन भट्टले निर्देशन गरेको यो चलचित्रमा सन्दीप श्रेष्ठ, भावना उप्रेती, रविना केसी, पिटर प्रिन्स, मनोजकुमार अधिकारी, शंकर सेढाई, सूर्यमान लिम्बू, पुष्प अवस्थी लगायतको अभिनय छ ।
बिन्दबासिनी क्रियसनको ब्यानरमा निर्माण भएको चलचित्रमा निर्देशक भट्ट र सन्दीप श्रेष्ठले स्क्रिप्ट मिलेर लेखेका हुन् । चलचित्रलाई देशभर आरआर फिल्मस्ले वितरण गर्दैछ ।