‘ममी’को गीतमा प्रियंका र दीयाको डान्स

२२ पुष २०८१ १०:४३

हरर कथामा निर्माण गरिएको चलचित्र ‘ममी’को पहिलो गीत सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै ‘म त यसै नक्कली’ बोलको गीत सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतमा समीक्षा अधिकारी र विज्ञानी पराजुलीको स्वर, हर्क साउदको शब्द, एसडी योगीको संगीत र विक्रम स्वारको कोरियोग्राफी रहेको छ । गीतको भिडियोमा यो चलचित्रका मुख्य कलाकारहरू प्रियंका कार्की र दीया मास्केको बबाल डान्स हेर्न सकिन्छ ।

आगामी माघको २५ गतेबाट रिलिजमा आउन लागेको चलचित्रमा सुलक्षण भारती, समिप निरौला, आयुषी ढकाल, जेभिस श्रेष्ठ, घनश्याम जोशी लगायतका कलाकारहरुको अभिनय छ ।

समर निरौलाको निर्देशन रहेको यो चलचित्रमा पूर्णिमा जोशी र समरको लेखन, लोकराज जोशी, पूर्णिमा जोशीको लगानी, निशाल पौडेल र शरद महत्तोको छायांकन, सुरेन महर्जनको सम्पादन, सुमन कोइराला कार्यकारी निर्माताको रुपमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *