आगामी फागुन १४ गतेबाट प्रदर्शन हुने चलचित्र ‘लाज शरणम्’ दर्शकमाझ प्रतिक्षित बनेको छ । केही दिन अगाडि सार्वजनिक गरिएको यो चलचित्रको पोस्टरले फिल्मप्रतिको अपेक्षा बढाइदिएको हो ।
कमेडी र कथा एकसाथ देखिएको पोस्टर रिलिज भएपछि दर्शकमाझ झनै यो चलचित्र प्रतिक्षित बन्न पुगेको हो । पोस्टर, टिजर र ट्रेलर चलचित्रको सारांश हुन् । ‘लाज शरणम्’को टिजर र ट्रेलर त आउन बाँकी नै छ । तर पोस्टरले भने यो चलचित्रको हाइप बढाउ निकै मदत गरेको छ ।
कुमार कट्टेल (जिग्री ब्रो’ले निर्देशन गरेको यो चलचित्रमा मुकुन्द श्रेष्ठ, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, माला लिम्बुसँगै सक्किगोनि टिमबाट अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (कक्रोज), प्रियाना आचार्य (मुन्नी), बबिन राई (गल्फने बाजे), रामभजन कामत, कमलमणि नेपाल (खुपीका बाउ) लगायत कलाकारको अभिनय छ ।
जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको यो चलचित्रमा सुदीप बरालको छायांकन, नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन् ।