गायक टंक बुढाथोकीले निर्माण तथा निर्देशन गर्न लागेको चलचित्र ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’मा नायिका निता ढुङ्गानाको प्रवेश भएको छ । यो चलचित्रको मुख्य भूमिकामा निर्माणपक्षले नितालाई फाइनल गरेको हो ।
त्यस्तै, यो चलचित्रको मुख्य पात्र बाल गायक अशोक दर्जी हुनेछन् । चलचित्रमा दर्जीसँगै सरोज खनाल, निता ढुङ्गाना, रमेश विश्वकर्मा, बुद्धि तामाङ, रवीन्द्र झा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा लगायतका कलाकारको अभिनय रहनेछ । अन्य केहि प्रमुख कलाकारहरु अझै फाइनल हुन बाँकी रहेको निर्माणपक्षको भनाइ छ ।
सामाजिक विषयवस्तुमा निर्माण हुने यो चलचित्रको कथा निर्माता निर्देशक टंक बुढाथोकी आफैले लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले लेखेका हुन् । चलचित्रलाई सौरभ लामाले खिचने छन् ।
टंक बुढाथोकी स्वयंमको स्वर तथा सङ्गीत रहने यो चलचित्रलाई बैंकटेश इन्टरटेन्टमेन्टले वितरणको जिम्मा लिएको छ।