‘एक्टर: टेक वन’को गीतमा आना र दिव्याको प्रेममा प्रदीप

२१ पुष २०८१ ५:३२

आगामी माघ १६ गते रिलिज हुने चलचित्र ‘एक्टर: टेक वन’को नयाँ गीत सार्वजनिक गरिएको छ । निर्माणपक्षले शनिबार ‘के भरोसा गरम’ बोलको गीत सार्वजनिक गरेको हो ।

सार्वजनिक गीतको भिडियोमा सुपरस्टार प्रदिप खड्कालाई दुई नायिकाहरू आना शर्मा, र दिव्या रायमाझीसँग प्रेममा रहेको देखाइएको छ । यस गीतमा त्रिकोणात्मक प्रेमकथा दर्साइएको छ तर, चलचित्रको टिजरमा भने अभिनेता द्वय प्रदिप खड्का र राजबल्लभ कोइरालाका दृश्यहरूले यस चलचित्रको कथा अर्कै रहेको सङ्केत गरेको थियो ।

हर्कुलस बस्नेत र इन्दिरा जोशीको स्वर, उर्मिला गुरुङको शब्द र हर्कुलस बस्नेतको सङ्गीत र किरण थापाको कोरियोग्राफी गरेका छन् । चलचित्रमा प्रदिप, आना, र दिव्याका साथै राजबल्लभ कोइराला, दिव्य देव, उषा रजक, सृजना अधिकारी, र सुशील सिटौलालगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ ।

निर्देशन राजन भुसालले निर्देशन गरेको यो चलचित्रमा आकाश बराल र राजन भुसालको स्क्रिप्ट, नरेन्द्र मैनालीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, थमन कुमार भण्डारी निर्माता, क्रियटिभ निर्माता मोती कार्की, र सह-निर्माता अनीश भुसाल रहेका छन् । चलचित्रमा हर्कुलससहित रोहित शाक्य, र एलिस कार्कीले सङ्गीत दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *