‘मिसिङः केटी हराएको सूचना’को गीतमा नाजिर र श्रृष्टीको प्रेम
१९ पुष २०८१ १०:४२
कलाकारद्वय नाजिर हुसेन र श्रृष्टी श्रेष्ठको प्रमुख भूमिका रहेको चलचित्र ‘मिसिङः केटी हराएको सूचना’को नयाँ गीत सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै ‘सपनीमा’ बोलको यो गीत रिलिज गरिएको हो ।
इन्दिरा जोशी र करण परियारको स्वर, करूण थापाको शब्द तथा संगीतमा तयार भएको गीतको भिडियोमा नाजिर हुसेन र श्रृष्टी श्रेष्ठ फिचर्ड छन् । भिडियोमा यी दुइ एकअर्काको प्रेमको गरिराइमा डुबेको देख्न सकिन्छ ।
रामजी लामिछानेको कोरियोग्राफीमा तयार भएको भिडियोमा निशा राजभण्डारी र बन्दे प्रसादको सम्पादन छ । मानकृष्ण महर्जनले यो चलचित्र खिचेका हुन् ।
आगामी माघको ११ गतेबाट रिलिजमा आउन लागेको यो चलचित्रले तराईको एक केटा र काठमाडौंकी एक केटीको प्रेमकथा भन्छ । चलचित्रलाई ट्रि–सिटी पिक्चर्सको प्रस्तुतिमा दीपेन्द्र गौचनले निर्देशन गरेका हुन् ।