पहिलो सन्तानलाई स्वागत गर्दै कमल र मेलिनाको ‘दिनप्रतिदिन’

१९ पुष २०८१ ९:१५

गायक कमल खत्री र गायिका मेलिना मैनालीले आफ्नो पहिलो सन्तानलाई स्वागत गर्दै नयाँ गीत ‘प्रेग्नेन्सी स्टोरी दिनप्रतिदिन’ सार्वजनिक गरेका छन् । सार्वजनिक गीत मार्फत संगीतकर्मी जोडी कमल र मेलिनाले आफूहरू छिट्टै बच्चाको आमाबाबु बन्न लागेको जानकारी दिएका हुन् ।

यो गीतलाई फेसबुकमा सेयर गर्दै गायक कमल खत्रीले लेखेका छन्,‘जीवनका अनेक खुसीका पलमध्ये एउटा खुसीको पल थपिंदैछ । छिट्टै नै हामी हाम्रो बच्चाको आमाबुवा बन्न लागेको खबर यहाँहरुलाई सुनाउन पाउँदा हामी धेरै खुसी छौं । यहाँहरुको माया, आशीर्वाद रहिरहने अपेक्षा गर्दछौं,’।

त्यस्तै, मेलिना लेखेकी छन्,‘एउटा मेरो मुटु धड्किरहेछ, अर्को मेरो बच्चाको मुटु धड्किरहेको छ । तिमीलाई यो संसारमा ल्याउन म निकै नै आतुर छु । अहिले म एउटा आमा बन्ने सुन्दर सौभाग्य अनुभव गरिरहेको छु र यो खुसी हजुरहरुलाई पनि सुनाउँदैछु । यो सहयोगका लागि श्रीमान् कमल खत्रीलाई धन्यवाद ।’

कमल खत्रीकै शब्द, संगीत र आवाजमा रहेको गीतमा कमल र मेलिना प्रस्तुत छन् । कमल र मेलिनाले २०७९ असोज १६ गते विवाह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *