के प्रदीप र दिव्या प्रेममा छन् ?

१९ पुष २०८१ ८:५३

नेपाली चलचित्रका सुपस्टारका ट्याग पाएका अभिनेता प्रदीप खड्काको प्राय: आफ्नै को-एक्ट्रेसलाई लिएर प्रेमको चर्चा हुनेगर्छ । उनको लागि यो चर्चा हुनु नौलो कुरा भने थिएन । तर, यसैबिच अहिले फेरी उनको प्रेमको चर्चा हुन थालेको छ ।

यतिबेला उनको नाम नायिका दिव्या रायमाझीसँग जोडिएको छ । यी दुइले चलचित्र ‘एक्टर’मा काम गरे । त्यसपछि प्रदीप र दिव्याले चलचित्र ‘पिताम्बर’मा पनि दोस्रो सहकार्य गरे । लगातार दुई चलचित्रमा एकसाथ काम गरेपछि प्रदीप र दिव्याको नाम जोडिएको हो ।

चलचित्र ‘पिताम्बर’मा सुरुवातमा नायिका आँचल शर्माले काम गर्ने पक्का भएको थियो । तर, यो चलचित्रको लागि आँचलले समय दिन नभ्याएपछि उनको ठाउमा दिव्या भित्रिएकी थिइन् ।

यो चलचित्रमा आँचलको ठाउमा दिव्याको प्रवेश हुनुको मुख्य कारण नायक प्रदीप खड्का नै थिए । चलचित्र सेटमा पनि दिव्या र प्रदीपको प्रेम गज्जबकै देखिन्छ । तर, अहिलेसम्म यो बिषयमा प्रादीप र दिव्याले मुख खोलेका छैनन् ।

हुन त नेपाली चलचित्रमा एकअर्कासँग नाम जोडिनु र प्रेमको चर्चा चल्नु अहिले सामान्य नै भइसक्यो । त्यसमाथि पनि चलचित्र प्रदर्शन मिति नजिकिदै जाँदा यी दुइको प्रेम चर्चा सुरु भएको छ । जे होस् चलचित्र चलाऊन रचिएको फन्डा भएतापनि यी दुइको प्रेमले भने राम्रै चर्चा पाइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *