बालेनले फिल्म ‘लाज शरणम्’को गीत गाउने

१८ पुष २०८१ ८:३३

आगामी फागुनको १४ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘लाज शरणम्’मा बालेन्द्र शाह ‘बालेन’ले गीत गाउने भएका छन् । काठमाडौं महानगरपालिकाका मेयर समेत रहेका बालेनको थुप्रै गीतहरू दर्शकमाझ लोकप्रिय छन् ।

मेयर हुनुपुर्व उनी चर्चित र्‍यापर हुन् । उनले गायको ‘गरिबको चमेली बोल्दिने कोही छैन’ पनि चर्चित गीत हो । उनै बालेनले अब यो चलचित्रको लागि आवाज दिने पक्का भएको हो ।

कलाकार अर्जुन घिमिरे ‘पाँडे’सँगको व्यक्तिगत सम्बन्धका कारण लामो समयपछि गीत गाउन लागेका हुन् । अर्जुन बालेनको टिममा रहेर काम गरिरहेका छन् । उनकै आग्रहलाई नकार्न नसकेर बालेनले गीत गाउन लागेका हुन् । निर्देशक कुमार कट्टेलले निर्देशन गरेको यो चलचित्र सामाजिक कथामा आधारित छ ।

जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको चलचित्रमा मुकुन्द श्रेष्ठ, विजय बराल, प्रशान्त ताम्राकार, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, माला लिम्बुसँगै सक्किगोनि टिमबाट अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (कक्रोज), प्रियाना आचार्य (मुन्नी), बबिन राई (गल्फने बाजे), रामभजन कामत, कमलमणि नेपाल (खुपीका बाउ) लगायत कलाकारको अभिनय छ ।

सुदीप बरालले छायांकन गरेको चलचित्रमा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *