‘पूजा सरः राजागंज’ चैत्र १ मा आउने

१८ पुष २०८१ ६:५७

दीपक रौनियारले निर्देशन गरेको चलचित्र ‘पूजा सरः राजागंज’को पोस्टरसँगै प्रदर्शन तय गरिएको छ । निर्माणपक्षले बिहीवार चलचित्रको पोस्टर सार्वजनिक गर्दै आगामी चैत १ गतेलाई प्रदर्शन तय गरेको हो ।

यो चलचित्रको सार्वजनिक नयाँ पोस्टरमा दयाहाङ राई, आशा मगराती, विजय बराल, निकिता चाण्डकलाई प्रस्तुत गरिएको छ । पोस्टरमा दयाहाङ प्रहरी एसपीको पोशाकमा देखिएका छन् ।

रामबाबु गुरुङको निर्माणमा तयार भएको यो चलचित्रलाई पुलिस थ्रिलरको जनरामा राखिएको छ । त्यस्तै, यो चलचित्रको पोस्टर हेर्दा कुनै घटनाका लागि तयार रहेको प्रहरीको टोली जस्तो देखिएको छ ।

चलचित्रमा ऋचा शर्मा पशुपति राई, गौमाया गुरुङ, घनश्याम मिश्रा, आरती मण्डल तथा पुष्पा यादव लगायतका कलाकारहरुको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *