सरोजको ‘अनटाइटल’मा दीपकराज फाइनल

१८ पुष २०८१ ५:३७

आमा सरस्वती मुभिजको व्यानरमा निरन्तर काम गरिरहेका कलाकार दीपकराज गिरिले अब बाहिरी ब्यानरका चलचित्रमा पनि काम गर्ने भएका छन् । उनले बुधवार निर्माता सरोज न्यौपानेको निर्माणमा तयार हुन लागेको आगामी चलचित्र ‘अनटाइटल’मा काम गर्ने पक्का भएको हो ।

यो चलचित्रको प्रमुख भूमिकामा दीपकराज अनुबन्धित भएका हुन् । चलचित्रका निर्माता सरोज न्यौपाने र दीपकराज बिच बुधवार लिखित सहमति भएको हो। यो चलचित्रको लागि अन्य कलाकार र निर्देशक अब केहीदिनमा फाइनल गरिने निर्माणपक्षले जनाएको छ ।

आउँदो बर्षको तिहारमा प्रदर्शन गरिने यो चलचित्रमा अनुबन्धित भएसँगै दीपक निकै उत्साहित देखिएका छन् । उनले चलचित्रको कथावस्तु राम्रो लागेर निर्माता न्यौपानेको टिमसँग जोडीएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *