‘कार्साङ’को ट्रेलरमा झाँक्री प्रथा र बाबु–छोराको कथा
१७ पुष २०८१ १०:५२
फिल्म ‘कार्साङ’को ट्रेलर आज रिलिज गरिएको छ । अंग्रेजी नयाँ बर्षको अवसर पारेर फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।
पौषको २६ गतेबाट रिलिजमा आउन लागेको फिल्ममा अधिकांश कलाकारहरुलाई देखाइएको छ । फिल्ममा दयाहाङ राई, जितु नेपाल, दिया मास्के, वुद्दि तामाङ, रविन्द्र झा, प्रेम लोप्चन, कविता आले लगायतका कलाकारहरुको अभिनय छ ।
फिल्ममा यम शेर्पाको कथा, पटकथा, संवाद र निर्देशन छ । फिल्ममा पुरुषोत्तम प्रधानको लगानी छ । प्रधानले फिल्म पनि खिचेका हुन् । फिल्ममा विरेन्द्र शाही लाइन प्रोड्यूसर, गोविन्द बोहरा सह–निर्माता, भुपेन्द्र अधिकारी सम्पादकको रुपमा छन् ।
साहिल खानले यो फिल्म तयार पारेका हुन् । फिल्ममा मनोज थापा मगर, एसडी योगी, विश्व दोङ र अस्मान लोप्चनको संगीत छ ।
यो फिल्मले झाँक्री विद्यामा समाजले गर्ने विश्वास, सामाजिक परम्परा, आर्थिक कारोबार, प्रशासन र समाजले गर्ने बहिष्कारलाई समेटेको छ ।