‘लाज शरणम्’को तीन नयाँ पोस्टर रिलिज

१७ पुष २०८१ १०:११

कुमार कट्टेलको निर्देशनमा तयार भएको चलचित्र ‘लाज शरणम्’को नयाँ पोस्टर रिलिज गरिएको छ । निर्माणपक्षले चलचित्रको प्रचारप्रसारलाई केन्द्रमा राख्दै बुधवार तीन वटा पोस्टर सार्वजनिक गरेको हो ।

सार्वजनिक तीनै पोस्टर फरक – फरक छन् । सार्वजनिक पोस्टरमा हरिस निरौला, विजय बराल, सागर लम्साल, अर्जुन घिमिरे लगायतका कलाकारहरूलाई स्थान दिईएको छ । गम्भीर विषयतर्फ संकेत गर्ने यो चलचित्रको तीनै वटा पोस्टर गज्जबको छ ।

जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको यो चलचित्रमा नवीन श्रेष्ठको निर्माण, राम नरेश शाह र श्रृजना खड्काको सह–निर्माण तथा सुदिप बरालको डीओपी छ । चलचित्रको विदेश अधिकार केही समय अगाडि विक्री भइसकेको छ ।

आगामी फागुनको १४ गतेबाट रिलिजमा आउन लागेको यो चलचित्रमा मुकुन्द श्रेष्ठ, विजय बराल, प्रशान्त ताम्राकार, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, माला लिम्बु, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, वविन राई, राम भजन कामत, कमलमणी नेपाल लगायतका कलाकारहरुको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *