चैत्र ८ मा ‘११ः५५’ प्रदर्शन हुने

१७ पुष २०८१ ५:५०

आगामी चैत्र ८ गते चलचित्र ‘११ः५५’ प्रदर्शनमा आउने भएको छ । क्राइम थ्रिलर जनरामा निर्माण भएको यो चलचित्रको अग्रेजी नयाँ वर्षको पूर्व सन्ध्यामा मंगलबार प्रदर्शन मिति घोषणासँगै पहिलो पोस्टर सार्वजनिक गरिएको हो ।

यो चलचित्रको सार्वजनिक पोस्टरमा टाइटलसँगै (डु नट ट्रस्ट एनिवान) अर्थात् कसैलाई बिश्वास कसैलाई बिश्वास नगर्नुहोस् लेखिएको छ । यसको पोस्टरमा मुख्य कलाकार महेश त्रिपाठी, सृष्टी श्रेष्ठ, करिष्मा श्रेष्ठ, एमएस अग्रज र डेव्यु अभिनेता सागर खनाल प्रस्तुत छन् ।

यो चलचित्रको लेखन तथा निर्देशन केशव पाण्डेले गरेका हुन् । यो उनको डेव्यु निर्देशकिय चलचित्र हो । चलचित्रमा निर्देशक पाण्डेसंगै एमएस अग्रज र शेखर ज्ञवालीको लेखन रहेको छ । बिचित्र फिल्मस् र गुड जब आर्ट्सको व्यानरमा निर्माण भएको चलचित्रमा श्याम शर्मा र सरोजा शर्माको लगानी छ । कार्यकारी निर्माता एमएस अग्रज हुन् ।

यो चलचित्रमा अभिनेता बुद्धि तामाङ र विशाल पहारीको पनि अभिनय छ । अल्मोडा राना उप्रेतीको संगीत, कबिराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्धन्द्व निर्देशन, प्रद्युमन मिश्रको डिओपी, रामशरण उप्रेतीको सिनेमाटोग्रफी, पासाङ दावा शेर्पाको सम्पादन रहेको चलचित्रलाई कुवेर सिने डिष्ट्रीब्युसन प्रालिले वितरण गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *