खुसी, रोदन र पीडा मिश्रित ‘रंगी’को टिजर

१५ पुष २०८१ ९:३२

सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको चलचित्र ‘रंगी’ को टिजर सार्वजनिक गरिएको छ । अभिनेता सलोन बस्नेत प्रस्तुतकर्ता रहेको यो चलचित्रको टिजर सोमबार सार्वजनिक गरिएको हो ।

एक मिनेट ३५ सेकेण्ड लामो यो चलचित्रको टिजरमा सलोन बस्नेत र आयुषी ढकालमा केन्द्रित छ । टिजरमा बाबु र छोरी बिचको प्रेमलाई देखाइेको छ । छोरीका लागि बुवाले कतिसम्म संघर्ष गर्छन् भन्ने कुरा देखाइएको छ । टिजर खुसी, रोदन र पीडा मिश्रित छ ।

आगामी फागुन २ गते प्रदर्शन उने यो चलचित्रको टिजरमा नम्रता श्रेष्ठको सलोनसँगको निकटता प्रस्तुत गरिएको छ । चलचित्रमा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय छ ।

सुरेश न्यौपानेको डेब्यु निर्देशन रहेको यो चलचित्रले बाबुछोरीको कथा प्रस्तुत गर्छ । चलचित्रमा सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनीश गौतमको निर्माण छ । सुमन गजमेरको लेखन, सौरभ लामाको छायाङ्कन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको कलर, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी छ । चलचित्रलाई एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *