‘मम्मी’को डर लाग्दो टिजर

१४ पुष २०८१ १०:३८

हरर विधामा निर्माण भएको चलचित्र ‘मम्मी’को टिजर सार्वजनिक गरिएको छ । निर्माण टिमले सोमबार यो चलचित्रको टिजर सार्वजनिक गरेको हो । सार्वजनिकन टिजर निकै डर लाग्दो छ ।

समर निरौलाको पहिलो निर्देशकीय यो चलचित्रको टिजरमा कालो बिरालो र बोक्सीको कथालाई प्रस्तुत गरिएको छ । हरर फ्यामिली ड्रामा कथामा निर्माण भएको चलचित्रले एक परिवारमा छोरी र कुकुरको दुखद् निधनपछि रहस्यमय कालो बिरालोसँगै निम्तने विपत्तिको कथा प्रस्तुत गर्नेछ ।

चलचित्रमा अभिनेत्री प्रियाङ्का कार्की, दीया मास्के, सुलक्षण भारती, समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गुराँस ढकाल, रिना ढकाललगायत कलाकारले अभिनय गरेका छन् ।

निर्देशक निरौलाकै लेखन रहेको चलचित्रमा निशल पौडेल र शरद महतोले छायांकन, दीपेश चौधरीले रङ्ग संयोजन, सुरेन महर्जनले सम्पादन गरेका छन् । यो चलचित्र आगामी माघ २५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *