‘दुखी आत्मा’को विश्व बजारमा उच्च माग

११ पुष २०८१ ८:२०

दीपेन्द्र लामाको निर्देशनमा तयार भएको चलचित्र ‘दुखी आत्मा’को विश्व बजारमा उच्च माग बढेको छ । यो चलचित्रको पहिलो पोस्टर सार्वजनिक भएसँगै उच्च माग बढेको हो ।

फागुन २ गतेबाट रिलिजमा आउन लागेको यो चलचित्र हालै जापानमा बिक्री भएको छ। नेपाल सँगै जापानमा एकसाथ प्रदर्शन हुने यो चलचित्रलाई जापानमा यूएनए इन्टरटेन्मेन्टले खरिद गरेको हो । यूएनएका प्रमुख उज्ज्वल गुरागाँइका अनुसार पोस्टर रिलिज भएपछि जापानमा चलचित्रको उच्च माग भएको हो ।

त्यस्तै, यो चलचित्रको अन्य देशबाट पनि माग आइरहेको छ । अबको केही दिनमै अधिकांश देशमा विक्री हुने यसका निर्माणपक्षले जानकारी दिए । सुदिप ढकाल कार्यकारी निर्माता रहेको चलचित्रमा हिमाल कडरियाको लगानी छ ।

क्लक वर्क क्रियशनको ब्यानरमा निर्माण भएको चलचित्रलाई आलोक शुक्लाले खिचेका हुन् भने निमेष श्रेष्ठले सम्पादन गरेका हुन् । चलचित्रमा दयाहाङ राई, आँचल शर्मा, अनुप विक्रम शाही, वुद्दि तामाङ, रेअर राई, लोकेन्द्र लेखक, आशान्त शर्मा लगायतका कलाकारहरुको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *