राजेश हमालको ‘नरसिंहाः अवतार’ चैत्र २९ मा आउने

११ पुष २०८१ ६:३२

महानायक राजेश हमाल अभिनित चलचित्र ‘नरसिंहाः अवतार’को प्रदर्शन मिति घोषणा गरिएको छ । बिहीवार यो चलचित्रलाई चैत्रको २९ गतेबाट प्रदर्शन गर्ने घोषणा गरिएको हो । वितरण कम्पनी र निर्माताविच सल्लाहा गरेर चलचित्रको प्रदर्शन मिति घोषणा गरिएको हो ।

आगामी नयाँ बर्षको छेको पारेर यो चलचित्र चैत्र २९ बाट प्रदर्शनमा आउन लागेको हो । यो चलचित्रबाट राजेश हमालले ८ बर्षपछि चलचित्र क्षेत्रमा कमब्याक गर्दैछन् । जसले, गर्दा दर्शकलाई उत्साहित बनाएको छ ।

दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा राजेश हमालको साथमा राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, प्रशान्त ताम्राकार, नीर शाह, सरोज खनाल, राजीव मानन्धर, सुशान्त श्रेष्ठ, उषा खड्गी, राजीव जंग बस्नेत, प्रकाश कुँवर, अमित गिरी, रमेश सोडारी, सरोज शाह, अमित श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय छ ।

चलचित्रमा नेम महर्जन, दीपक शर्मा ढकाल, धु्रव न्यौपाने र नरेन्द्र महर्जनको लगानी छ । यो चलचित्रलाई एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले देशभरका हलमा वितरण गर्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *