अब १ रुपैयाँमा प्रेम गीत–३ हेर्न पाउने

११ पुष २०८१ ५:३६

छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेको चलचित्र ‘प्रेम गीत–३’ टेलिकमको एनटीटीभी एपमा १ रुपैयाँमा हेर्न पाउने भएको छ । नेपाल टेलिकमको फेसबुक पेजमार्फत आउने शनिबारदेखि प्रयोगकर्ताले यो चलचित्र हेर्न पाउने जनाएको हो ।

यही पुस १३ गते शनिबार एक दिन सबै चलचित्र प्रेमीहरूले परिवारसँग बसेर १ रुपैयाँमै चलचित्र हेर्न सक्ने व्यवस्था मिलाएकाले सो मौका नगुमाउन टेलिकमले फेसबुकपेजमार्फत अनुरोध गरेको छ ।

प्रेमकथामा आधारित चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, मनिष राउत, शिव श्रेष्ठ, प्रेम पुरी र सुनिल थापाको अभिनय छ । यसअघि यो चलचित्र नेपाली र हिन्दी भाषामा हलमा प्रदर्शन भैसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *