सेभेन सिजले किन्यो ‘लाज शरणम’को अन्तर्राष्ट्रिय अधिकार

१० पुष २०८१ ७:१५

चर्चित सिरियल ‘सक्किगो नि’ समूह तथा कुमार कट्टेल ‘जिग्री ब्रो’ले निर्देशन गरेको चलचित्र ‘लाज शरणम’को अन्तर्राष्ट्रिय वितरण अधिकार सेभेन सिज इन्टरनेसनलले खरिद गरेको छ ।

यो चलचित्र निर्माता कम्पनी जेपिटी क्रिएसनको तर्फबाट अर्जुन घिमिरे ‘पाँडे’ र वितरण कम्पनीका तर्फबाट प्याट्रिक सुवेदीबिक मंगलबार लिखित सम्झौता भएको हो ।

अब, यो चलचित्रलाई सेभेन सिज इन्टरनेसनलले फेब्रुअरी २८ र मार्च ७ तारिख गरि दुई चरणमा अन्तर्राष्ट्रिय बजारमा वितरण गर्नेछ । चलचित्र कुन कुन देशमा प्रदर्शन हुने भन्ने बारे अहिले नै बताइएको छैन् । यसबारे केहीदिनमा जानकारी दिने सुवेदिले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *