‘जन्ते बाख्रो’मा कलाकारको लाइनअप पुरा

९ पुष २०८१ ११:४१

निर्देशक सिमोस सुनुवारको आगामी चलचित्र ‘जन्ते बाख्रो’मा कलाकारहरुको लाइनअप पनि पुरा भएको छ । यो चलचित्रमा ‘बिहे पास’ डेब्यू कलाकार रुसा न्यौपाने र नयाँ कलाकार स्नेहा जोशीको प्रवेशसँगै कलाकारको लाइनअप पुरा भएको निर्माणपक्षले जनाएको हो । स्नेहा मण्डला नाटक घरमा नाटकमा अभिनय गर्दै आएकी कलाकार हुन् ।

ग्रामीण परिवेशको कथामा निर्माण हुने यो चलचित्रमा विशाल पहारीको पनि प्रवेश भएको निर्माणपक्षले जनाएको छ । यसअगाडि यो चलचित्रमा नायक सौगात मल्ल र नायिका गरिमा शर्मा फाइनल भएका थिए । गरिमालाई केहीदिन अगाडि अडिसन मार्फत निर्माणपक्षले फाइनल गरेको थियो ।

चलचित्रमा आशिफ शाह, रमा थपलिया, लोकेन्द्र लेखक लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । चलचित्रको छायांकन यही महिनाको अन्त्यतिरबाट गरिने निर्माणपक्षले जनाएको छ ।

मुईन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने चलचित्रको कथा, पटकथा तथा संवाद प्रदीप भारद्धाजले लेखेका हुन्। चलचित्रमा सन्तोष गौतम र निर्देशक सिमोस स्वयं निर्माताका रूपमा छन् । चलचित्रलाई हरि हुँमागाईले छायांकन गर्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *