नायक अनमोल केसी र नायिका नीति शाहले चलचित्र ‘रावायण’मा जोडीको रुपमा काम गर्ने चर्चा थियो । तर, अनमोलले यो चलचित्रमा काम गरेनन् । त्यसपछि यी दुइले चलचित्र ‘एक्स नायन’मा काम गर्ने पक्का भयो । कारण, बस यो चलचित्र बन्नै सकेन ।
नीतिले चलचित्रमा पहिलो डेब्यु अनमोल केसीसँगै गर्न चाहेकी थिइन् । तर, त्यो सम्भव भएन, नीतिको हकमा यो ब्याडलक नै साबित भयो । त्यसो त अनमोल केसीले पनि नीतिसँग चलचित्रमा काम गर्न नचाहेका भने होइनन् । तर, पनि अहिलेसम्म अनमोल र नीतिको चलचित्रमा एकसाथ काम गर्ने इछ्या पूरा हुन सकेन् ।
चलचित्रमा अनमोल र नीतिको जोडी जुर्न नसकेपनी अमेरिकामा निकै खुशी देखिए । अनमोल पनि नीतिसँग खुशी देखिए । अझै, पनि अनमोल र नीति जोडीको रुपमा एकसाथ काम गर्न चाहेका छन् । दुइवटा चलचित्रमा पक्का भएर पनि जुर्न नसकेको यो जोडी अब अर्को चलचित्रमा जुर्ला ?