८ वर्षपछि पार्श्व गायनमा हरिवंशको कमब्याक

८ पुष २०८१ ६:५६

अभिनेता हरिवंश आचार्यलेले करिब ८ वर्षपछि पार्श्व गायनमा कमब्याक गरेका छन् । ८ वर्षअगाडि चलचित्र ‘जात्रा’मा समावेश ‘नोट नोट’ गीत गाएका उनले अहिले चलचित्र ‘सोल्टिनी’का लागि गीत गायका हुन् ।

निर्देशक अर्जुन सुवेदीको निर्देशनमा बन्न लागेको यो चलचित्रको लागि उनले आइतबार गीत रेकर्ड गराएका हुन् । हर्कुलस बस्नेतको संगीत रहेको गीतलाई चलचित्रमा कथावाचनको रुपमा प्रयोग गरिने बुझिएको छ ।

अभिनेता प्रकाश सपूत र अभिनेत्री परीक्षा लिम्बूको मुख्य भूमिका रहने यो चलचित्रले फरक जातीय पृष्ठभूमिका दुई पात्रको प्रेमकथा प्रस्तुत गर्नेछ । चलचित्रमा विल्सन विक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुजन खतिवडा लगायतको पनि अभिनय रहनेछ ।

यही पुसको अन्त्यतिर छायांकन गरिने चलचित्रमा सुशन प्रजापतिको छायांकन, प्रशान्त सिवाकोटीले संगीत, रेजिना बिस्ट र संसार चौलागाईँको निर्माण, अर्जुन सुवेदी र कुमार भट्टराईको कथा रहनेछ । २०८२ साल असोज ३ गते, संविधान दिवसको दिन रिलिज हुने चलचित्रलाई प्लानेट थ्री फिल्म्सको प्रस्तुति तथा नेपसिने र योलो इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *