अल्लु अर्जुनको ‘पुष्पा २’ ले आइतबार बक्स अफिसमा नयाँ इतिहास रचेको छ भने शुक्रबार रिलिज भएको ‘वनवास’को अवस्था नाजुक छ । ‘गदर २’ फेम अनिल शर्माको यो पारिवारिक ड्रामा पहिलो सातामै असफल भएको छ । शनिबारदेखि आइतबारसम्म कमाई निश्चित रूपमा बढे पनि चलचित्रको भविष्य भने अन्योलमा छ ।
टिकट विन्डोमा सबैभन्दा चाखलाग्दो कमाई अहिले ‘मुफासाः द लायन किङ’ले गरिरहेको छ । देशमा ‘पुष्पा २’ को आँधी चलिरहेको बेला यो एनिमेसन फिल्मको प्रभाव देखिन थालेको छ । डिज्नीको यो फिल्मले भारतमा पहिलो सप्ताहन्तमा ४१ करोडभन्दा बढी कमाइ गरेको छ ।
आइतबार सुकुमार निर्देशित ‘पुष्पा २–द रुल’ ले ७ वर्षदेखि प्रतिक्षा गरेको काम पुरा गरेको छ । ५०० करोडको बजेटमा बनेको यो एक्सन ड्रामाले अहिले देशमा १०६२.९० करोडको नेट कलेक्सन गरेको छ । योसँगै ‘बाहुबली २’ ले १०३०.४२ करोड कमाउने रेकर्डलाई पछाडि छोडेको छ ।
‘पुष्पा २’ अहिले देशकै सर्वाधिक कमाउने फिल्म बनेको छ । आइतबार रिलिजको १८ औँ दिनमा, यसले सबै पाँच भाषामा ३३.२५ करोडको बम्पर कमाई गरेको छ ।