कस्तो लाग्यो ‘सोल्टिनी’को फस्टलुक ?

७ पुष २०८१ १०:३७

निर्देशक अर्जुन सुवेदीको निर्देशन रहने चलचित्र ‘सोल्टिनी’को पोस्टर सार्वजनिक गरिएको छ । निर्माणपक्षले छायांकन अगाबै यो चलचित्रको पोस्टर सार्वजनिक गरेको हो ।

सार्व्जनिक पोस्टरमा प्रकाश सपूत र परीक्षा लिम्बुलाई प्रेम र वियोगको भावमा देखाइएको छ । सपूतले ‘भीमसेन पोखरेल’ र लिम्बुले ‘दिलासा राई’ को भूमिका निभाउनेछन् । यो जोडी पहिलो पटक एकसाथ पर्दामा देखिन लागेका हुन् ।

भोजपुरको सुन्दर प्राकृतिक परिवेशमा छायांकन गरिने यो चलचित्रले समाजमा व्याप्त जातीय भेदभाव र अमानवीयताका विरुद्ध आवाज उठाउनेछ । प्लानेट थ्री फिल्म्सको प्रस्तुति तथा नेपसिने र योलो इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण हुनेछ ।

पुस महिनाको लास्टतिर छायांकन हुने यो चलचित्रमा रेजिना बिस्ट र संसार चौलागाईँको लगानी, प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतको संगीत, सुशन प्रजापतिको छायांकन, अर्जुन सुवेदी र कुमार भट्टराईको लेखन रहनेछ । यो चलचित्र २०८२ साल असोज ३ गते, संविधान दिवसको दिन रिलिज हुनेछ ।

चलचित्रमा प्रकाश सपूत र परीक्षा लिम्बुसँगै विल्सन विक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, र सुजन खतिवडाको अभिनय रहनेछ । चलचित्रलाई नेपालमा आरआर फिल्मस् प्रा.लि. र विदेशमा नेपसिनेले वितरण गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *