४९ दिनमा ‘होस्टेल ३’ ‘प्याकअप’

७ पुष २०८१ ५:३५

निर्देशक सशान कँडेलले निर्देशन गरेको चलचित्र ‘होस्टेल ३’ को छायांकन प्याकअप भएको छ । छायांकन सुरुभएको दिनबाट यो चलचित्र ४९ दिनमा सकिएको निर्देशक काडेलले बताएका हुन् ।

सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्मससँगको सहकार्यमा निर्माण गरेको चलचित्रमा पारस बम, रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी, उमर खान, समा पराजुली, सन्तोष बानियाँ, रोहन श्रेष्ठ, आशिष पुरुषलगायतका कलाकारको अभिनय देख्न सकिनेछ ।

माधव शर्माले लेखेन तथा निर्देशक कँडेलको कथा रहेको यो चलचित्रको नयाँ रिलिज मिती भने तय गरिएको छैन् । यसअघि यो चलचित्रको रिलिज मिति फागुन १६ बताइएको थियो । तर, अब यो मितिमा चलचित्र रिलिज नहुने निर्माणपक्षले बताएको छ ।

यो चलचित्रमा अर्जुन तिवारी डिओपी, बुद्ध थापा र मनोज खत्री सिनेमाटोग्राफर, शङ्कर कोइराला कार्यकारी निर्माता, कर्ण कार्की र गोविन्द अधिकारी निर्माता र सुरेश कँडेल सह–निर्माताका रुपमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *