सुशिलको ‘आउटलः दफा २१९’ फागुन २९ मा आउने

५ पुष २०८१ १२:५९

अभिनेता सुशिल श्रेष्ठको प्रमुख भूमिका रहेको चलचित्र ‘आउटलः दफा २१९’को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । अब यो चलचित्र फागुपुर्णिमाको अवसर पारेर फागुनको २९ गतेबाट प्रदर्शन गरिने भएको हो । यो चलचित्र असोजको ३ गतेबाट पोष्टपोन्ड भएको थियो ।

चलचित्रको फागुन २९ गतेलाई प्रदर्शन घोषणा गरेसँगै नयाँ पोस्टर पनि सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा नायक सुशिल श्रेष्ठको बबाल कुक्स देखाइएको छ । हातमा हतियार बोकेर बसेका सुशिलको अनुहारमा रगतको छिटा देख्न सकिन्छ ।

एक्सन जनरामा निर्माण गरिएको यो चलचित्रको निर्माणपक्षले ४० लाख खर्च गरेर नयाँ एक्सनको दृश्य पनि खिचेको छ । जसकाकारण, चलचित्रको नयाँ प्रदर्शन मिति घोषणामा केही ढिलाई भएको बुझिएको छ ।

विनोद कठायत कार्यकारी निर्माता रहेको चलचित्रमा विकास चौधरी सह–निर्माता, नविन गुरुङको डीओपी, साहिल खानको सम्पादन, विक्की महर्जनको लेखन, चुल्ठे काजीको एक्सन छ ।

विक्की महर्जनको निर्देशन तथा अमित अग्रहरिको निर्माणमा तयार भएको यो चलचित्रले सुशिललाई बलियो कमब्याक गराउने अपेक्षा गरिएको छ । चलचित्रमा सुशिलको साथमा शिक्षा संग्रौला, नरेश पौडेल, सुमन भण्डारी, सोनी लगुनको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *