आज ३८ हलमा ५१ दिन मनाउदै ‘पूर्ण बहादुरको सारङ्गी’

५ पुष २०८१ ८:३५

गत कार्तिक १५ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ ५१ दिनमा प्रवेश गरेको छ । व्यवसायमा कीर्तिमान रच्न सफल भएको यो चलचित्रले आज ५१ दिनमा प्रवेश गरेसँगै ३८ वटा हलमा ५१ दिन मानाएको हो ।

यो चलचित्रका वितरक करण श्रेष्ठका अनुसार, यति धेरै हलमा चलचित्रले प्रदर्शनको ५१ दिन पार गरेको यो नै पहिलो पटक हो । ५१ दिनसम्म आइपुग्दा चलचित्रले नेपाली बक्स अफिसमा ५० करोडको ग्रस कलेक्सन गरेको छ ।

विजय बरालको प्रमुख भूमिका रहेको यो चलचित्रले बाबु र छोरा बिचको कथा पेश गरेको छ । चलचित्रलाई सरोज पौडेलले निर्देशन गरेका हुन् । विजयका अलावा चलचित्रमा अञ्जना बराइली, प्रकाश सपुत र बालकलाकार स्वयं केसीको मुख्य भूमिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *