भिडियो निर्माणमा पलको सक्रियता

५ पुष २०८१ ८:२२

नायक पल शाह अहिले म्युजिक भिडियो निर्माणमा पनि सक्रिय देखिएका छन् । पछिल्लो समय चलचित्रमा कम र म्युजिक भिडियोमा बढी देखिएका पल शाहले निर्माण गरेको नयाँ गीत ‘मायालाई पानको पात’ अहिले चर्चामा छ ।

त्यसो त उनले यो म्युजिक भिडियोबाट आफूलाई म्युजिक भिडियोको राजा भन्ने शब्दलाई प्रमाणित गरेका छन् । त्यस्तै, पलले अहिले हरेक मेला मओत्सबहरुमा मायालाई पानको पात भन्दै दर्शकको माया बटुलीरहेका छन् ।

पल शाहको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको यो गीतले अहिले टिकटकमा पनि आगो बालिरहेको छ । खेम सेन्चुरीको संगीत र स्वर समावेश गीतमा नेत्र अर्यालको शब्द छ । सार्वजनिक गरिएको ४ दिनमा यो गीतलाई करिब १८ लाख दर्शकले हेरेका छन् ।

पल स्वयंमको निर्माण र अभिनय रहेको यो भिडियोलाई पलले आँफैले नै निर्देशन गरेका हुन् । भिडियोमा पललाई अन्जना पुन मगरले साथ दिएकी छिन् । भिडियो निकै रमाइलो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *