फ्राईडे रिलिज : हलमा ‘बम बहादुर’

५ पुष २०८१ ५:३५

अभिनेता सौगात मल्लको प्रमुख भूमिका रहेको चलचित्र ‘बम बहादुर’ आजबाट भारत र नेपालमा एकसाथ प्रदर्शनमा आएको छ । यो चलचित्रले विशेष गरी दार्जिलिङ पहाड र छिमेकी क्षेत्र डुअर्समा बसोबास गर्ने नेपाली समुदायको ऐतिहासिक संघर्ष र जीवनको कथा भन्छ।

बिस्ट ब्रदर्स फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको यो चलचित्रमा सौगात मल्ल, प्रशान्त राई, अनिशा रसाइली, भास्कर प्रधान, महेन्द्र बग्दास, मदन भुजेल, भरत वशिष्ठ, अजय प्रधान, शान्तिला तामाङ, रिया भुजेल, बाल कलाकार वशिष्ट कार्की, सुरेश पन्चकोटी, प्रभात पाख्रिन, बादल क्षेत्री, र धीरज चाम्लिङलगायतको अभिनय रहेको छ।

१९८० को दशक, अर्थात् आजभन्दा करिब ३८ वर्षअघि भएका घटनाहरूमा आधारित यो चलचित्रले त्यति बेलाको सामाजिक र राजनीतिक पृष्ठभूमिलाई चित्रण गर्दै भारतीय नेपाली समुदायले भोगेको संघर्षलाई सजीव रूपमा प्रस्तुत गरेको छ।

चलचित्रको कथा र पटकथा जोन राई र रुपेश तामाङले लेखेका हुन्। छायांकन सुजोय कुमार घोष ‘मुन्ना’ले गरेका छन् भने सम्पादन ज्ञान गुरुङले गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *