दया, सौगात र प्रदीपको ‘पिताम्बर’ लुक्स, चैत २९ मा रिलिज

५ पुष २०८१ ५:००

कृषा चौलागाइँको निर्देशन रहेको चलचित्रको नयाँ पोस्टरसँगै प्रदर्शन मिती घोषणा गरिएको छ । निर्माण टिमले यो चलचित्रको शुक्रबार फस्टलुक पोस्टर सार्वजनिक गर्दै आगामी चैत २९ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो ।

सार्वजनिक पोस्टरमा अभिनेतात्रय दयाहाङ राई, सौगात मल्ल र प्रदीप खड्का फिचर्ड छन् । पोस्टरमा दयाहाङ गम्भीर अवतारमा प्रस्तुत छन् भने अर्का अभिनेता सौगात मेशिनगन लिएर रिसाह अवतार र प्रदीप क्रुद्ध मुद्रामा प्रस्तुत छन् । प्रदीपको अनुहारबाट रगत बगिरहेको देख्न सकिन्छ ।

एक्सन प्रधान नजरामा निर्माण गरिएको यो चलचित्रको अहिले धमाधम पोस्ट प्रोडक्सनको काम भइरहेको छ । चलचित्रले बदलाको कथा पेश गर्नेछ । चलचित्रको कथा प्रदीप भारद्वाजले लेखेका हुन् ।

विशाल चौलागाइँ निर्माता र सुमन गौतम कार्यकारी निर्माता रहेको चलचित्रको सह-निर्माता र छायाँकार पुरुषोत्तम प्रधान हुन् । चलचित्रमा दयाहाङ, सौगात र प्रदीपसहित सुरक्षा पन्त, आर्यन सिग्देल, अनुपविक्रम शाही, दिव्या रायमाझी, दिव्य देव, कामेश्वर चौरासिया, सुपुष्पा भट्ट लगायतको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *