जीवन सेञ्चुरीले निर्देशन गरेको चलचित्र ‘जुना’को प्रदर्शन तय गरेको छ । बाल विवाह तथा महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले निर्माण गरिएको यो चलचित्र आगामी माघ २५ गते प्रदर्शन गरिने जनाइएको हो ।
यो चलचित्रमा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, कमला बोहोरा, अस्मिता बस्नेत, खगेन्द्र न्यौपाने, विकास आनन्द लगायतका कलाकारहरुको अभिनय छ । चलचित्रले बाल विवाह सम्बन्धितको कथा पेश गर्छ ।
गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च सेन्टर प्रालिको व्यानरमा निर्माण भएको चलचित्रमा दीपक प्रसाद घिमिरेको लगानी, राजबहादुर सानेको कथा, बीबी अनुरागी र रमेश सेन्चुरीको संगीत छ । चलचित्रलाई पर्वतको सालिजा ओख्रेनीमा छायांकन गरिएको हो ।