‘रंगी’को प्रदर्शन मिती घोषणा, फागुन २ लाई रिलिज तय

३ पुष २०८१ ५:१४

सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको चलचित्र ‘रंगी’को प्रदर्शन मिती घोषणा गरिएको छ । निर्माणपक्षले बुधवार चलचित्रको पोस्टर र मोसन पोस्टर सार्वजनिक गर्दै आगामी फागुन २ गतेलाई प्रदर्शन गर्ने घोषणा गरेको हो ।

सलोन बस्नेत प्रस्तुतकर्ता रहेको यो चलचित्रको पोस्टमा कलाकार सलोन बस्नेत र बाल कलाकार आयुषी ढकाललाई प्रस्तुत गरिएको छ । ग्रामीण बजारलाई पृष्ठभूमिमा राखेर तयार पारिएको पोस्टरमा आयुषी र सलोन गम्भीर रुपमा देख्न सकिन्छ भने मोसन पोस्टरमा सलोन, आयुषी र ‘डेब्यु’ नायिका नम्रता श्रेष्ठ फिचर्ड छन् ।

सुरेश न्यौपानेको निर्देशन रहेको यो चलचित्रमा सक्षम सुवेदी र करिश्मा केसी बस्नेतको निर्माण, सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको सङ्गीत, बन्दे प्रसादको सम्पादन, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन छ । सुरेशको यो डेब्यु निर्देशन हो ।

बाबुछोरीको कथामा निर्माण गरिएको चलचित्रमा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय छ । नम्रता ‘मिस वर्ल्र्ड नेपाल २०२०’की विजेता हुन् । उनको यो डेब्यु चलचित्र हो । चलचित्रलाई एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टले वितरण गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *