‘सोल्टिनी’मा कलाकारहरूको लामो ‘लाइनअप’

२ पुष २०८१ ९:१२

यही पुस १५ बाट छायांकनमा जाने तयारीमा रहेको चलचित्र ‘सोल्टिनी’को लागि कलाकारहरूको लाइनअप पुरा भएको छ । यो चलचित्रमा नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकारहरूको लामो लाइनअप पूरा भएको निर्माणपक्षले बताएको हो ।

प्लानेट थ्री फिल्म्सको प्रस्तुति तथा नेपसिने र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बन्न लागेको यो चलचित्रमा अभिनेताहरू प्रकाश सपूत र विल्सन विक्रम राई तथा अभिनेत्री परीक्षा लिम्बुको प्रमुख अभिनय रहनेछ भने रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल र सुजन खतिवडा लगायतका कलाकारहरु छन् । चलचित्रमा अडिसनमार्फत छनौट भएकी सब्बु गुरुङले पनि प्रमुख भूमिका निभाउनेछिन् ।

२०८२ सालको असोज ३ गते संविधान दिवसको अवसरमा प्रदर्शन हुने चलचित्रमा प्रकाश सपूतले ‘भीमसेन पोखरेल’ र परीक्षा लिम्बुले ‘दिलासा राई’को मुख्य भूमिका निभाउने छन् ।

भोजपुरको रमणीय प्राकृतिक सौन्दर्यमा छायाङ्कन हुने यस चलचित्रले समाजमा व्याप्त अमानवीयता र जातीय भेदभावका विरुद्ध आवाज उठाउनेछ । साथै, दुई प्रमुख पात्रबीचको प्रेम कथा पनि यसको मुख्य आकर्षण रहनेछ । सुशन प्रजापतिको छायांकन रहने चलचित्रमा रेजिना बिस्ट र संसार चौलागाईँ निर्मातामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *