आगामी फागुनको १४ गते महाशिवरात्रीको अवसरमा प्रदर्शन हुने चलचित्र ‘लाज शरणम्’ टिमले क्यान्सर पीडित नवराज न्यौपानेलाई ५० हजार सहयोग गरेको छ ।
दुई वर्षदेखि क्यान्सरसँग जुधिरहेका न्यौपानेलाई निर्देशक कुमार कट्टेल ‘जिग्री’, अर्जुन घिमिरे ‘पाँडे’ र हरिश निरौला ‘क्रकोच’ उनकै निवासमा पुगेर सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
साहित्य सिर्जनामा समेत अवल रहेका न्यौपाने सिन्धुपाल्चोक निवासी हुन् । न्यौपानेलाई कुवेतमा काम गरिरहँदा ब्लड क्यान्सर देखा परेको थियो । उनी दुई वर्षअघि नेपाल आएका थिए ।