किन आफ्नो पारिश्रमिक सार्वजनिक गर्न चाहदैनन् जितु ?

२ पुष २०८१ ५:४९

यतिबेला चलचित्र ‘कार्साङ’को प्रचारमा व्यस्त रहेका कलाकार जितु नेपालले आफूले कलालाई पारिश्रमिकसँग नबाँड्ने बताएका छन् । उनले अहिलेसम्म काम गरेका प्राय: चलचित्रहरुमा साइन गर्दा निर्माता निर्देशकसँग पारिश्रमिकको बिषयलाई सार्वजनिक नगर्ने सर्त राख्ने गरेको बताउछन् ।

कुराकानीकै क्रममा उनले भने,’मैले अहिलेसम्म काम गरेको चलचित्रहरुको पारिश्रमिक सार्वजनिक गरेको छैन् । र कहिले सार्वजनिक पनि हुँदैन ।
किनकी भोलिका दिनमा म सँग पैसा रहँदैन । तर, मैले गरेको काम र मेरो कृती बाँकी रहन्छ ।’

उनले आफ्नो टिमका सिमित मानिसबाहेक अरूलाई आफ्नो पारिश्रमिकको बिषयमा कुनै दिन पनि जानकारी नहोस् भन्ने चाहना रहेको बताउछन् ।

त्यस्तै, उनले आफ्न हितैसी मित्र केदार घिमिरे अहिले देशकै महँगो कलाकार भएकोमा खुशी व्यक्त गर्दै भने–‘केदारजीलाई अहिले धेरैले धेरै भूमिकामा हेर्न चाहनु भएको थियो । अबभने, दर्शकको त्यो चाहना पूरा हुने भयो भन्दै केदार घिमिरेको कुरालाईइ लिएर जितुले खुशी व्यक्त गरे ।

अहिले एकपछि अर्को चलचित्रमा ब्याक टु ब्याक काम गरिरहेका जितुको ‘कार्साङ’ आगामी पुस २६ गतेबाट अलओभर नेपाल प्रदर्शनमा आउँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *