आगामी फागुनको २ गते प्रदर्शन हुने चलचित्र ‘दुखी आत्मा’को ३ वटा फरक पोस्टर सार्वजनी गरिएको छ। चलचित्र प्रदर्शन मिती नजिकिदै गर्दा सोमबार निर्माणपक्षले ३ वटा फरक फरक पोस्टरहरु सार्वजनिक गरेको हो ।
सार्वजनिक पहिलो पोस्टरमा अभिनेता दयाहाङ राइलाई अभिनेत्री आँचल शर्मासँग रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । त्यस्तै, दोस्रो पोस्टरमा दयाहाङ मात्र प्रस्तुत छन् भने सार्वजनिक पोस्टरमध्यको तेस्रो पोस्टरमा दयाहाङ र आँचलका साथमा अनुपविक्रम शाही, बुद्धि तामाङ, रेअर राई, लोकेन्द्र लेखक र आशान्त शर्मा प्रस्तुत छन् ।

निर्देशक दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको यो चलचित्रमा कवि श्रवण मुकारुङको १० पेचिला कविता पनि समावेश छन् । यसअघि ‘घामपानी’, ‘गोपी’, ‘छ माया छपक्कै’, ‘दुई नम्बरी’ र ‘नाङ्गो गाउँ’ निर्देशन गरिसकेका लामाको यो छैटौं चलचित्र हो ।

क्लक वर्क क्रिएसनको ब्यानरमा हिमाल कडरियाको निर्माण, सुदीप ढकाल कार्यकारी निर्माता रहेको यो चलचित्रले बाहिरी मुहार हँसिलो देखिएपनि भित्रभित्रै कति दुःखी भइरहेको छ् भन्ने कथालाई पेश गर्छ ।