‘होस्टेल ३’ फागुन १४ बाट पोष्टपोन्ड, नयाँ रिलिज कहिले ?

१ पुष २०८१ ६:५०

निर्देशक ससान कँडेलको निर्देशन रहेको चलचित्र ‘होस्टेल ३’ फागुन १४ बाट पोष्टपोन्ड भएको छ । निर्देशक कँडेलका अनुसार यो मितिमा ३ वटा चलचित्र प्रदर्शन हुने भएपछि ‘होस्टेल ३’को रिलिज पोष्टपोन्ड गरिएको हो ।

अहिले यो चलचित्रको गीतको छायांकन भइरहेको छ । गीतको छायांकन सकिएपछि नयाँ प्रदर्शन मिती घोषणा गर्ने निर्माणपक्षको तयारी छ । तर, सकेसम्म यो चलचित्रलाई कुनै चलचित्रसँग नजुधाउने पक्षमा निर्माण टिम छन् ।

फागुनको १४ गते तीन नेपाली चलचित्र ‘फेरि रेशम फिलिली’, ‘मायाबी’ र लाज शरणम्’ रिलिज हुने पनि पक्का भइसकेको छ । यसरी हेर्दा, यो मितिमा त्रिपक्षिय भिडन्त हुने पक्का छ । अब, यी तीन चलचित्रमध्य कुन चलचित्रले बाजी मार्ला र दर्शकलाई हलसम्म लैजाला त्यो भने कुर्नै पर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *