फागुन १४ गते ‘फेरि रेशम फिलिली’ रिलिज हुने

१ पुष २०८१ ६:२२

नायक विनय श्रेष्ठ र नायिका सुपुष्पा भट्ट प्रमुख भूमिका रहेको चलचित्र ‘फेरि रेशम फिलिली’को फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माणपक्षले यो चलचित्रलाई महाशिवरात्रिको अवसर पारेर फागुनको १४ गतेलाई प्रदर्शन गर्ने घोषणा गरेको हो ।

निर्देशक निरोज महर्जनको लेखन तथा निर्देशन रहेको यो चलचित्रको सार्वजनिक पोस्टरमा विनय र सुपुष्पा फिचर्ड छन् । पोस्टरमा विनयलाई ‘रेशम फिलिली’कै लुक्समा प्रस्तुत गरिएको छ भने सुपुष्पालाई रातो गुलाबको फूल बोकेर मन्दमन्द मुस्कुराएको देख्न सकिन्छ ।

निर्माता रौनक विक्रम कँडेलको निर्माण रहेको चलचित्रमा सुसन प्रजापतिको छायांकन, आकाश बराल र निर्देशक महर्जनको पटकथा, नरेश किङ्ग योगीको एक्सन, कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत, एनी थापा सह–निर्माता, सुरेन्द्र पौडेलले सम्पादन र सुरज बम ठकुरी कार्यकारी निर्मातामा छन् ।

चलचित्रमा कामेश्वर चौरासिया, प्रकाश घिमिरे, शिशिर वाङ्देल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापा लगायतका कलाकारहरुको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *