दिपकराजले गरे‌ चन्द्रागिरी थ्रीडी आर्ट म्युजियमको अवलोकन

१ पुष २०८१ ५:५१

थानकोटस्थित त्रिभुवन पार्कमा रहेको चन्द्रागिरी थ्रीडी आर्ट म्युजियममा वरिष्ठ हाँस्य अभिनेता तथा चलचित्र निर्माता दिपकराज गिरीले अवलोकन भ्रमण गरेका छन् ।

हाँस्य कलाकार गिरीले शनिबार म्युजियममा अवलोकन गरेका हुन् । म्युजियममा बनाइएका अन्तरक्रियात्मक थ्रीडी कलाको प्रशंसा गर्दै उनले यस म्युजियम कला र सिर्जनाको अनुपम उदाहरण भएको बताए।

यहाँका दृश्यहरूले नेपाली कला र संस्कृति आधुनिक प्रविधिसँग कसरी जोड्न सकिन्छ भन्ने उत्कृष्ट झलक दिएकाे जनाउँदै म्युजियममा बनेका विभिन्न बस्तुका थ्रीडी कलात्मक चित्रहरूमा फोटो भिडियो बनाउँदा एकदमै रमाइलो भएको उनले बताए।

उनले भने, ’म्युजियममा भ्रमणमा आउने आगन्तुकलाई चित्र भित्रको संसारमा घुमेको अनुभव दिलाउँछ। यो ठाउँ परिवार र साथीहरूका लागि रमाइलो र शिक्षामूलक गन्तव्य समेत रहेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *